काठमाडौं – नेपालले भारतसँग सिमा विवाद समाधानका लागि वार्ताको बारम्बार पहल गरेपनि भारतको पुरानै अडान दोहोरिएको छ । उसले वार्ताका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । तर, त्यस्तो वातावरण के हो स्पष्ट छैन ।
नेपाल र भारतबीच बढेको तनावबारे पत्रकारले सोधेको प्रश्नमा श्रीवास्तवले भने, ‘सिमा विवादबारे भारतले यसअघि नै धारणा प्रष्ट पारिसकेको छ ।’ उनले यसअघि जस्तै नेपालले कुटनीतिक संवादका लागि अनुकूल वातावरण निर्माणमा भुमिका खेल्न भनेका थिए ।
भारतले नेपालले नयाँ नक्शा जारी गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्दै त्यो मान्य नहुने बताएको थियो । उसले वार्ताका लागि सकारात्मक र रचनात्मक पहलको आग्रह गरेको थियो ।
सिमा विवादपछि नेपालले भारतसँग गत वर्षको कात्तिकयता वार्ताका लागि कुटनीतिक पहल गर्दै आएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खुलाएका थिए ।


















