काठमाडाैं – कीर्तिपुर बजारमा #enoughisenough अभियानमा हजाराैं युवाहरूकाे सहभागिता जनाएका छन् । हातमा विभिन्न नारा बाेकेका युवाहरूकाे लाम पांगा जाने दाेबाटाे चाेकदेखि नगाउँ जाने दाेबाटाे चाेकसम्मकाे सडक पेटीमा दायाँ बायाँ पेटीमा बिहान ११ देखि १२ सम्म १ घन्टा शान्तिपूर्ण ढंगले सामाजिक दूरी कायम गर्दै उभिएर सहभागिता जनाएका थिए ।
नारा, जुलुस केही नगरिएपछि कार्यक्रममा व्यापक प्रहरी परिचालन देखिएपनि अत्यन्तै संयमता अपनाएकाे थियाे ।