आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

9

बारा । फेटा गाउँपालिका-७ गमहरिया टोल बस्ने जोगी मिश्रको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई ग्यास सिलिण्डर पड्किएर बिहीबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

साथै आगो निभाउने क्रममा घाइते भएका मिश्रको छोरालाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here