असार ९ देखि १५ सम्म इलेक्ट्रोनिक्स् अभियान दराज मोबाइल विक

139

काठमाडौं / दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । उक्त अभियान भर उपभोक्ताहरुले नयाँ फोनहरुको लन्चदेखी भौचारस्, फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्स पाउनेछन् । साथै उपभोक्ताहरुले मोबाईल विकमा सपिङ गरेबापत आइ फोन (iPhone XR) जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुले शेक शेक गेम तथा क्रेजि, मेगा र कलेक्टिबल भाउचर्स प्रयोग गरी धेरै बचत गन सक्ने कम्पनीले जनाएको छ । यो वर्षकै सबै भन्दा ठूलो इलेक्ट्रनिक्स् अभियान हुनेछ ।  दराजका प्रबन्ध निर्देशक जय कवी भन्दछन्, “दराज मोबाइल विक दराज को लागि मोबाइलहरु सबै भन्दा राम्रो मूल्यमा लिएर आउने मौका हो । उपभोक्ताहरुको सपिङ्ग अनुभवलाई अझै रमाइलो बनाउन इलेक्ट्रोनिक्सहरुमा पनि भारि छुट को व्यवस्था गरेको छ। नयाँ फिचरहरु को साथ यो अहिले सम्म को सबै भन्दा राम्रो मोबाइल विक हुनेछ भनेर हामि उत्साहित छौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here