काठमाडौं / यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किर दाङका दुई युवाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शनिबार राति रूपन्देहीको सैनामैना नगरपालिका ६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बस र लमहीबाट बुटवलतर्फ जाँदै गरेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका-३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। बससँग ठोक्किएलगत्तै मोटरसाइकलको ट्यांकीमा आगो लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीले नियन्त्रणमा लिएको छ। मृतकको शरिर जलेको हुँदा शवको पहिचान गर्न समय लागेको प्रहरीले बताएको छ।


















