एटिएम मेशिन फुटाएर चोरी गर्ने पक्राउ

359

भक्तपुर / सूर्यविनायक नगरपालिका-५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने तिमाल गाउँपालिका-२ शर्सियुखर्क घर भएका ३९ वर्षीय रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।

पुस १८ गते एटिएम मेशिन फुटाई चोरी गर्न लागेको भन्ने बैंकको निबेदन अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here