एमाले पार्टी विभाजन गराएर नेताहरुले के पाए ?

55

— निमकान्त पाण्डे

दुई तिहाई बहुमतको निकट पुगेको डबल नेकपा विभाजित भएपछि सर्वोच्च अदालतबाट पुनस्र्थापित गरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पनि विभाजन उन्मुख भएका छन् । नेकपा एमाले विभाजनको संघारमा उभिएको छ भने नेकपा माओवादी केन्द्रको ठूलो हिस्सा केन्द्र छोडेर नेकपा एमालेमा समाहित हुन पुगेको छ । तर यी दुबै पार्टीबीच सैद्धान्तिक मत भिन्नता देखिएको छैन ।

नेकपा एमालेबाट विभाजित भएर अलग पार्टी दर्ता प्रकृयामा रहेको माधव नेपाल समूह पार्टीको नामसमेत नेकपा (एकीकृत समाजवादी) राखेर दर्ता प्रकृयामा पुगेको अवस्थामा सो पार्टी निर्माणको लागि केपी ओली र  माधव नेपाल दुवै पक्षबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरिएका नेकपा एमालेका उपाध्यक्ष एवम् विभाजन उन्मुख रहेको पार्टीलाई एकीकृत बनाउन अभियान चलाउदै आएका नेकपा एमाले एकता अभियानका संयोजक बामदेव गौतमले समेत नेकपा एमालेलाई विभाजन गर्न नहुने भनेर आफ्नो धारणा सार्वजनिक गरिरहनु भएकाे छ । विभाजनको प्रकृयामा रहेको एमाले पार्टी विभाजनको दुर्घटनाबाट बच्ने आशा त्यसकारण पनि पलाएकाे छ । उपाध्यक्ष गौतमको धारणा सार्वजनिक भए लगत्तै सचिव योगेश भट्टराई लगायतका नेताहरुले पनि पार्टी एकताकै पक्षमा जोड दिएका छन् । भट्टराईले कसैलाई पनि विभाजन पक्षमा नजान आह्वान समेत गरेका छन् । गत सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलपछि प्रतिक्रिया दिँदै भट्टराईले पार्टीमा फर्किएमा कसैमाथि अन्याय नहुने भनेर एमाले पार्टीकै निरन्तरतालाई जोड दिएका छन् ।

‘योगेशले भनेका छन् — ‘देशभरका नेकपा एमालेका सम्पूर्ण कमरेडहरु हामी कोही पनि विभाजनको पक्षमा नजाऔं। एकताको पक्षमै कायम होऊँ’ भट्टराईले  धीरताका साथ उत्तेजनामा नआइकन धैर्यधारण गर्दै पार्टी एकताको ऐतिहासिक प्रक्रियामा सामेल हुन आह्वान गरेका छन् ।  भट्टराईको यो प्रतिकृयासँगै विभाजन उन्मुख एमाले पार्टीमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

डबल नेकपा निर्माण हुँदा कार्यकर्ता पंक्ति र नेतृत्व पंक्तिमा उत्साह थियो । त्यो उत्साहले आम सर्वसाधारणमा पनि उ्रत्साह सञ्चार गरेको थियो । त्यसैको परिणाम स्वरुप गठबन्धनले दुई तिहाई निकटको बहुमत प्राप्त गरेको थियो । संविधानसमेत संशोधन गर्ने  हैसियतका साथ सत्तासीन हुन पुगेको डबल नेकपाप्रति नेपाली जनताले आशा गर्नु स्वाभाविक थियो । आन्दोलनबाट खारिएका नेताहरु सत्तामा पुगेपछि निश्चय पनि जनतामा आशा पलाउने नै भयो । आफ्नो छाक काटेर परिवारका सदस्यहरु भन्दा बढि माया गरेर घरमा पालेर राखिएका र सम्मानित गरिएका नेताहरु सत्तामा पुगेपछि पक्कै पनि देश र जनताका लागि केही गर्छन् भनेर विश्वास गर्नु अन्यथा होइन । तर नेताहरुले जनविश्वास अनुसारको काम गरेको पाइएन ।  भ्रष्टाचारको निरन्तरता, वेथितिको निरन्तरता, राष्ट्रघातको निरन्तरताले जनतालाई दिक्क बनायो । कम्युनिष्ट पार्टीप्रति नै जनतामा वितृष्णा पैदा गराउने काम भयो ।

पार्टीको अध्यक्षको हैसियतले केपी ओली प्रधानमन्त्री बन्नु भयो । प्रधानमन्त्री बने लगत्तै ओलीले आश्वासनहरु निक्कै बाँड्नु भयो । देशलाई आत्मनिर्भर बनाउने, विदेश आश्रित व्यापारलाई कम गर्ने, पेट्रोलियम पदार्थहरुको उत्खन्नतर्पm पहल गर्ने, वैज्ञानिक कृषि प्रणालीको विकास गर्ने, रासायनिक मलका कारखानाहरु स्थापना गर्ने, क्रान्तिकारी भूमिसुधारका कार्यक्रम लागू गर्ने, वैज्ञानिक शिक्षा प्रणाली लागू गर्ने, शिक्षा निशुल्क गराउन अभियान थाल्ने, स्वास्थ्य उपचार निशुल्क गराउने, स्तरीय अस्पतालहरु स्थापना तर्पm ध्यान दिने, देशलाई औद्योगिकरण गर्ने, रोजगारी सृजना गरेर वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेश फर्काउने कार्यक्रमहरु  लागू गर्ने, उत्तर र दक्षिणका छिमेकी देशहरुसँग जोडिने गरी रेलसेवा विस्तार गर्ने, पानी जहाजको सम्भावनालाई विकास गर्ने लगायतका योजनाहरु प्रधानमन्त्री भएलगत्तै ओलीले सार्वजनिक गर्नु भएको थियो । यस्ता आश्वासनहरु पाएपछि नेपाली जनताले समाजवादको परिकल्पना गरिरहेक थिए । तर प्रधानमन्त्री ओलीको गन्तव्य समाजवाद गन्तव्य नभएर देशलाई पश्चिमाहरुको उपनिवेश बनाउने उल्टो गन्तव्य देखियो ।

पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले सरकारको तर्पmबाट आफ्ना प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्नेतर्पm ध्यान नदिएपछि पार्टीले उनलाई खवरदारी गर्न सकेन । पार्टीको सचिवालयका नौ जना नेताहरुको बैठकमै सीमित रहन थालेपछि पार्टीका संरचनाहरु भताभुङ्ग हुँदै गए । पार्टीका नेता र कार्यकर्ताहरु जिम्मेवारीबिहीन हुँदै गए । एक किसिमबाट डबल नेकपाको अस्तित्व समाप्त हुँदै गएको अवस्था विकसित भएको थियो । स्थायी कमिटीको बैठक समेत बस्न नसक्ने अवस्थामा पार्टी पुगेपछि पार्टीको विभाजन सम्भावना थियो ।

अन्ततः माथिल्लो नेतृत्वको चाहनाले मात्र पार्टीलाई विभाजनतर्पm घिसारियो । सरकार र पार्टीका शीर्ष नेताहरुबीच द्धन्द्व बढेर जाँदा सरकारका प्रतिबद्धताहरु कार्यान्वयनतर्पm कसैको ध्यान पुगेन । विदेशी शक्तिलाई प्रभावित पार्ने, विदेशी शक्तिकै आशिर्वाद प्राप्त गर्ने र विदेशी स्वार्थलाई प्राथमिकता दिएर काम गर्ने प्रतिस्पर्धा पार्टीका नेताहरुमा देखिन थाल्यो । यो अवस्थाले कम्युनिष्ट आन्दोलनलाई नै नराम्रोसँग धक्का पु¥यायो । सगरमाथाको देशमा उदाएको कम्युनिष्ट पार्टी धराशायी बनाइयो ।

हुनत समाजवाद विरोधी साम्राज्यवादी शासकहरुले समाजवाद उन्मुख सोभियत संघलाई टुक्रा टुक्रा बनाएर छोडेका छन् र चीन जस्तो विश्वकै शक्तिशाली मुलुकका रुपमा विकसित भइरहेको समाजवादी मुलुकलाई समेत निशाना बनाएर षडयन्त्र गरिरहेका छन् भने नेपाल जस्तो सानो मुलुकमा उदाएको कम्युनिष्ट पार्टीलाई उनीहरुको निशाना हुनु स्वाभाविक हो । तर नेपालका लागि राम्रो अवसर पनि थियो । सन्तुलन मिलाएर अगाडि बढ्न सकेका भए नेपालले संसारलाई  देखाउने मौका पाएको थियो । मानिसहरु भन्न थालेका थिए — अव पचास बर्षसम्म नेपालमा कम्युनिष्टहरुकै सरकार चल्ने छ । जनताले धेरै ठूला सपना देखेका थिए । समाजवादी मुलुक नेपाल ! त्यो देश कस्तो होला ? विकासका सपनाहरु देखिएका थिए । पूर्वपश्चिम रेलमार्गका सपना देखिएका थिए, उत्तरदक्षिण रेलमार्गका सपना देखिएका थिए । गौतम बुद्धले जन्म लिएको देश ! संसारकै नमूना शान्तिप्रक्रियाबाट कम्युनिष्टहरुले शासन सत्ता  कब्जा गरेको देश ! भ्रष्टाचार मुक्त भएको समाजवादी देश ! सीमित नेताहरुको महत्वाकांक्षाले गर्दा जनताका सपना चकनाचूर भएका छन् ।

एकताले बलियो बनाउँछ । फुटेपछिको अवस्थाले पनि यो स्पष्ट गरिरहेको छ । डबल नेकपा विभाजित हुनासाथ केन्द्र र प्रदेश सरकारहरु कांग्रेसको कब्जामा गएका छन् । आफ्नो कमजोर हैसियतबाट निराश भइरहेको नेपाली कांग्रेसका नेता कार्यकर्तालाई सत्तामा पु¥याएर डबल नेकपाका नेताहरुले कांग्रेसले देला र पाउँला भन्ने अवस्थामा पुगेका छन् ।

पार्टी विभाजनको लागि खुट्टा उचालेर उफ्रिन खोजेका माधव नेपाललाई साथदिने वा दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्न पाउँदा पनि त्यो सरकारलाई अलोकप्रिय बनाउने केपी ओलीलाई साथ दिने ? यी दुवै प्रवृतिहरु गलत हुन् । दुवै नेताहरुका अदुरदर्शी कामले एमाले पार्टी अहिलेको अवस्थामा पुगेको  हो भन्ने कुरा स्पष्ट छ । त्यसैले एमाले पार्टीलाई विभाजनबाट बचाउन जरुरी छ । दुवै नेतालाई अवकास दिएर पार्टीलाई क्रान्तिकारी गतिका साथ अगाडि बढाउन आवश्यक छ । पार्टीमा रूपान्तरण आवश्यक छ ।  आसन्न निर्वाचनलाई मध्यनजर गरेर अगाडि बढ्न सकियो भने जनताका सामू  नेकपा एमाले बाहेक अरु कुनै पार्टी रोजाईमा पर्ने छैनन्, आगे एमालेजनलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here