काठमाडाैं । बिगत केहि दिनदेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित भएका ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि खोज तथा उद्धार कार्य संचालन गरिएको छ ।
सिरहाकाे गोलबजार नगरपालिका-९ स्थित घुर्मी खोलामा आएको बाढीले डण्डा ईलाकामा कटान गरी डण्डा टोललाई प्रत्यक्ष असर गर्न सक्ने भएकोले उक्त जोखिमलाई न्युनिकरण गर्न नेपाली सेनाको उद्धार टोलीद्वारा कटान भएको स्थानमा ७०० बोरा माटो भरी थप कटान हुनबाट जोगाउन तटबन्ध निर्माण कार्य गरेकाे छ।
रुपन्देहीकाे स्थित तिनाउ नदिको बहाव बढेसंगै नदीले बुटवल उपमहानगरपालिका – ११ बुद्धनगर क्षेत्र वरपरको नदी किनारामा रहेका बस्तीहरुमा कटान गरी सो क्षेत्र आसपास बसोवास गर्ने घरहरु जोखिममा परेको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा नदीले क्षति पुर्याएका स्थानहरुमा खट्टिई उद्धार कार्य गरेकाे थियाे। यसका साथै, उक्त टोलीद्वारा तिनाउ नदीको बहावले कटान गरेको क्षेत्रमा १५ वटा ग्याविन जालीमा ढुङ्गा भरी कटान हुन सक्ने सम्भावनालाई न्युनिकरण गरेको छ।
कोशी नदीको सतह बढ्न गई सुनसरी जिल्ला, बराहक्षेत्र नगरपालिका – ६ ठाकुरबाढी नजिक रहेको गरिईया टापुमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु खोला तर्न नसकि फसेको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा इद्यः द्ययबत, च्बात द्ययबत र अन्य सामाग्रीहरु प्रयोग गरी उक्त ईलाकामा फसेका स्थानीय बासिन्दाहरुको उद्वार गरी सुरक्षित स्थानमा स्नानान्तरण गरेको छ ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिका – ६ बस्ने गैह्रसैनिक व्यक्ति टेक बहादुर थापाको श्रीमती बर्ष ३२ की बविता भुजेल थापा सुत्केरी ब्यथाका कारण भाद्र १४ गते छथर अस्पतालमा उपचार भईरहेकोमा अत्याधिक रक्तश्राव भएका कारण थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अञ्चल अस्पताल, विराटनगर लगिएको छ।


















