सभापतिमा जित्ने गरी नै उम्मेद्‌वारी दिएको हुँ : गोपालमान श्रेष्ठ

57

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेद्‌वारीको घोषणा गरेका नेता गोपालमान श्रेष्ठले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

श्रेष्ठले बुधबार आफ्नो उम्मेद्‌वारी घोषणा गरेका हुन्। गृहजिल्ला स्याङ्जामा अगुवा कार्यकर्ता भेला गरेर सभापतिमा उम्मेद्‌वारी दिने घोषणा गरेका हुन्। ‘जिल्लाका आफ्ना कार्यकर्ताको चाहना अनुसार जिल्लाबाट उम्मेद्‌वारी घोषणा गरेको हुँ’, श्रेष्ठले भने, ‘सभापतिमा जित्ने गरी नै उम्मेद्‌वारी दिएको हुँ। विजयी हुने सुनिश्चित छ।’ संस्थापन समूहमा रहेका श्रेष्ठ संगठन विभागका प्रमुख हुन्। सोही समूहबाट सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले समेत उम्मेद्‌वारी घोषणा गरेका छन्।
देउवाले सार्वजनिक कार्यक्रम नगरी आफू निकटलाई सभापतिमा उठ्ने बताएका छन् भने निधिले सार्वजनिक कार्यक्रममार्फत् उम्मेद्‌वारी घोषणा गरिसकेका छन्। संस्थापनइतबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा शेखर कोइराला, सुजाता कोइरालाले सभापतिको दाबी गर्दै आएका छन्। सोही समूहबाट अर्जुननरसिंह केसी र डा रामशरण महतले एकल व्यक्तिमा सहमति हुन नसके आफ्नो पनि उम्मेदवारी दिने जनाएका छन्।
तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला सभापतिका आकांक्षी हुन्। उनले औपचारिक रुपमा सभापतिको उम्मेद्‌वारी घोषणा भने गरेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here