स्मरण शक्ति बढाउने उपाय

229

स्मरण शक्तिले भावी जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्मरण शक्तिको कमजोरी आधुनिक एवम् वैज्ञानिक युगमा ठुलो समस्या बनेको छ ।  धरै मानिसहरूमा स्मरण गर्ने शक्ति हुँदैन । औसत मानिसहरूको स्मरण शक्ति एउटै किसिमको हुने गर्दछ । तर कारणवश व्यक्तिअनुसार कुनैले चाँडै स्मरण गर्छन भने कसैले सानो कुरा स्मरण गर्न धेरै समय लगाउने गर्छन ।

दिमाग तेजिलो भयो भने हाम्रो स्मरण गर्ने शक्ति पनि वृद्धि हुन्छ । हाम्रो दिमाग कमजोर भयो भने स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनको लागि हामीले आफ्नो दिमाग तेजिलो बनाउनतर्फ लाग्नु अति आवश्यक छ ।  

दिमाग तेजिलो बनाउनको लागि असल आहार र व्यायामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सबै भन्दा पहिला हामीले आफू स्वस्थ रहनुपर्दछ । स्वस्थ जीवनशैलीले स्मरण शक्ति बढाउनको लागि ठुलो योगदान दिने गर्छ । यसका साथै हामीले आफ्नो स्मरण शक्ति बढाउनको लागि के खानु पर्छ के खानु हुँदैन भन्ने जान्नु अति आवश्यक छ ।

धरै जसोले खानेकुरामा ध्यान नदिएकै कारण आफ्नो स्मरण शक्ति पनि कमजोर बनाइरहेका हुन्छन् ।  स्मरण शक्ति बढाउनको लागि खानेकुरालाई केन्द्र विन्दु बनाएर मात्र हुँदैन । स्मरण शक्ति बढाउनको लागि व्यायाम पनि उत्तिकै आवश्यक छ ।  लामो समय सम्म स्मरण गर्न असक्षम, पढेको अर्थात देखेको बस्तु सम्झन नसक्नु, मानसिक थकान, अरुची, यदि कुरा याद गर्न खोज्यो भने लामो समयसम्म याद नहुने लक्षणहरू देखा पर्छन ।

स्मरण शक्ति बढाउन अपनाउनुहोस् यस्ता उपाय 
अमला- अमला भिटामिन सी को राम्रो श्रोत हो र स्मरणशक्तिका लागि पनि उपयोगी छ । ताजा अमला, सर्बत, मुरब्बा सुकाएर पनि सेवन गर्न सकिन्छ ।

बदाम- दैनिक ५–१० वटा बदाम १ गिलास दूधमा डुबाएर राख्ने र नित्य सेवन गर्ने ।

जिरा – आधा चम्चा जिरा  दैनिक सेवन गर्ने ।

फस्फोरस तत्व-  फस्फोरस तत्व स्मरणको लागि उत्तम मानिन्छ त्यसैले स्याउ, अङ्गुर, सुन्तला, आँप, लिची, जामुन, स्ट्रवेरी, नरिवल, गाँजर जस्ता फलफूल ज्यादा सेवन गर्ने ।

ओखर – ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् ।

रहर दाल- राति सुत्नुअघि रहरको दाल भिजाएर राख्नुस् । बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हाल्नुस् । अनि दूधसित त्यसको सेवन गर्नुस् । दिमाग तीखो हुन्छ ।

सूप- सूपको दानालाई पिँधेर धूलो बनाउनुस् । अनि यो धूलोलाई बिहान बेलुका दूधसँग पिउनुस् ।

आयुर्वेद शास्त्र- आयुर्वेद शास्त्र अनुसार शाकाहारी, सात्विक भोजन स्मरणका लागि राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा-मासु, दूध, अण्डा जस्ता पौष्टिक पदार्थ सेवन गर्ने ।

भारी, भुटेको, तारेको, ज्यादा अमिलो पिरो, मसालादार नखाने । चिया, कफी, रक्सी, चूरोट, आदि पटक्कै सेवन नगर्ने । नशालु पदार्थ भाङ्ग, गुट्खा, अफिम, गाँजा आदि नखाने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here