बुद्धभुमिकाे आइपिओ शुक्रबार बाँडफाँट

54

काठमाडाैं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर (आइपिओ ) निस्कासन तथा बिक्रि खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

कम्पनिले निस्कासन गरेजो कुल ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कम्पनिका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरकाे प्रिअलटमेन्ट सकाएकाे छ । बुधबार प्रिअलटमेन्ट सकाएर शुक्रबार बिहान ९ बजे बाँडफाँट गर्ने भएकाे हाे ।

। कम्पनीको आईपिओमा माग भन्दा ३५ गुणाको आवेदन परको छ । कम्पनीले निस्कासन गरेको आईपीओमा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३५.६६ गुणा बढी हो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ भने आवेदकले आइपियो पाउन भाग्यकै भर पर्नु पर्नु छ । कुल आवेदक मध्ये ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख बढी आवेदकले शेयर पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here