लगातार तीनपटक निर्वाचन जित्ने कांग्रेसको आवश्यकता : विश्वप्रकाश शर्मा

126

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लगातार तीनपटक निर्वाचन जित्ने कांग्रेसको आवश्यकता रहेको बताएका छन्।

एक निर्वाचन जित्ने र अर्को निर्वाचनमा हार्ने कांग्रेसको विगतको अवस्था फेर्नुपर्नेमा उनले जोड दिए।

झापास्थित गौरादह नगरपालीका -३, वडा कार्यसमितीको कार्यालय उद्घाटन गर्ने क्रममा उनले भने,‘ युवा जागृत गर्ने कांग्रेस अहिलेको आवश्यकता हो। महाधिवेशनले कांग्रेसलाई पुनर्ताजगी गर्नसक्नुपर्दछ।’ विगतमा कांग्रेसले गरेको गलत कार्यलाई आत्माआलोचना गर्नसक्नुपर्ने उनले बताए।

कांग्रेसमा अहंकार हुन नहुने उनले बताए। अहंकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुग्नु परेको उनले बताए। व्यवस्था परिवर्तन गर्ने अवस्था नरहेको बताउँदै शर्माले नागरिकको अवस्था फेर्न यहि व्यवस्थाबाट सकिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here