एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता नेपाली क्रिकेट टिमकाे जीत

100

टोकियो/जापान। जापान क्रिकेट एसोसियसनद्वारा आयोजित एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टिमले जीत हात पारेको छ । ।

अक्टोबर ३० र ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना नेपाली खेलाडीहरु सहभागी भएका थिए । यस पटकको नेपाली क्रिकेट टिम, अजय ठाकुरको कप्तानीमा सिद्धान्त खत्री, अर्जुन गौतम, बिनम्र खत्री, विक्रम रानामगर, पंकज चन्द, उपहार रायमाझी, क्षितिज पाठक, सन्तोष पौडेल, शक्ति क्षेत्री, रोशन दंगाल,सुजन बास्तोला, उज्वल रायमाझी, दिपक सुनार , अभिषेक केसी र विकास के.सी सम्मिलित रहेका थिए भने टिमको व्यवस्थापन नेत्र रोकाले गरेका थिए । सो प्रतियोगितामा नेपाल सँगै भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलंका, ब्रिटेन, न्युजिल्याण्ड र अष्ट्रेलिया एम्बेसी र जापानको अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो ।

हरेक बर्षको सेप्टेम्बर महिनाको अन्त्यमा आयोजना हुँदै आएको एम्बेसी कप यस पटक भने कोभिड-१९ नियन्त्रणको लागि आपतकाल लागू रहेका कारण एक महिना ढिलो गरि आयोजना भएको हो । सन २०१८ बाट शुरु भएको एम्बेसी कपमा नेपाल पहिलो पटक उपबिजेता बनेको थियो भने २०१९ मा पनि उपबिजेता बनेको नेपाली टिम २०२० मा भने समुह चरणबाटै बाहिरिएको थियो । अहिले यस पटक भने विजेता बन्दै कप उचाल्न सफल भएको छ ।

नेपालमा रहदा विभिन्न ज़िल्ला वा सो सरहका क्रिकेट प्रतियोगितमा खेलेर अनुभव र दक्षता हासिल गरेका विभिन्न ज़िल्लाबाट जापानमा आइ क्रिकेट खेललाइ माया गर्ने युवाहरुको समूह सम्मिलित साथीहरुद्वारा गठन गरिएको टोकियो राइनो क्रिकेट क्लबले जापानमा हुने क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको छ ।

यस पटकको प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च व्यवस्थापनमा सुरुवाती समयमा केहि कठिन भएता पनि पछि भने सहयोगी बुद्दी शेरचन दिपक नेपाल लगायतका व्यक्तिहरुबाट सहयोग प्राप्त भएको थियो । अन्यत्रबाट प्राप्त सहयोगले नपुगेपछि गैरआवासीय नेपाली संघ जापानलाई औपचारिक पत्र पठाई आवश्यक रकम सहयोगका लागि अनुरोध गरिएपछि एनआरएनए जापानले खेलमा सहभागी हुन लाग्ने सम्पूर्ण शुल्क (२ लाख ४४ हजार जापानी येन)प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here