काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ छापवाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।


















