हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री

57

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले हस्तकला निकासी गर्दै विदेशी मुद्राको आय–आर्जनबाट मुलुकको आर्थिक घाटा न्यूनीकरण हुने विश्वास व्यक्त गरे । हस्तकला क्षेत्रमा देखिएको करसम्बन्धी समस्यालाई सहजीकरण गर्ने उनले । उनले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानूकल परिष्कृत गर्दै अघि बढाउनुपर्ने धारणा राखे ।

यही मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकलालगायत विभिन्न वस्तुका करिब १२० स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत समेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

facebook sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here