फ्रान्स कालेइ नजिकै रहेको बेलायती च्यानलमा डुंगा डुब्दा २७ जनाको मृत्यु

103

एजेन्सी ।  बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो ।

फ्रान्सेली अधिकारीले बुधबार ३१ जना डुबेको बताएका थिए, तर पछि उनीहरुले मृत्यु हुनेको संख्या २७ रहेको उल्लेख गरेका हुन् । मृत्यु हुनेमा पाँच महिला र एक बच्चा रहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

फ्रान्सेली तथा बेलायती अधिकारीहरुले हवाई तथा जल मार्गबाट उद्धारको काम गरेका थिए। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

बेलायती प्रधानमन्त्री जोन्सन र फ्रान्सका राष्ट्रपछि इम्यानुएल म्याक्रोँले टेलिफोन संवाद गरी आप्रवासीलाई जोखिमपूर्ण यात्रा गराउने समूहलाई रोक्नका लागि सक्दो सबै प्रयास गर्ने सहमति गरेका छन् ।

सन् २०१४ देखि तथ्यांक संकलन गर्न थालिए यता च्यानलमा डुंगा डुबेर यति धेरै संख्यामा ज्यान गएको पहिलो घटना रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here