सञ्चारमन्त्री कोरोना संक्रमणको आशंकामा भेटघाट बन्द

96

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमणको आशंकामा भेटघाट बन्द गरेका छन् ।

कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्की हाल आइसोलेसनमा बसेका छन । गठबन्धनका शीर्ष नेतामा कोरोना भाइरस पुष्टि भएपछि उनलेपनि पीसीआर परिक्षण गराएका छन् । तर, रिपोर्ट नआएसम्मका लागि उनले भेटघाट बन्द गरेको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री कार्की कन्ट्याक ट्रेसिङमा परेका थिए ।

प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेका छन्। बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अधिकाशं नेतामा कोरोना पुष्टि भइसकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here