जापानमा सुरुभएदेखिकै उच्च जोखिममा

54

टोकियो/जापान । आज( जनवरी १८ तारिख) जापानभर एकैदिन ३१ हजार जनाभन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा एकैदिन यति धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

यसअघि सबैभन्दा धेरै, अघिल्लो वर्षको अगस्ट महिनाको २० गते २५ हजार ९ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो । आज, टोकियोमा एकैदिन ५ हजार १ सय ८५ जना,ओसाकामा ५ हजार ३ सय ९६ जना,ह्योगोमा १ हजार ६ सय ४५ जना,क्योतोमा १ हजार,२४ जना,फुकुओकामा १ हजार ३ सय ३८ जनाको उच्च संक्रमण पुष्टि भएको छ । यसका अलवा आज जापानका ४७ वटै प्रान्तहरुमा साविकको तुलनामा उच्च संक्रमण पुष्टि भएको छ ।

देशव्यापीरुपमा कोरोना संक्रमण बढेपछि,राजधानी टोकियो तथा आसपासका प्रान्तहरुसंगै कोरोना संक्रमण बढेका सबैजसो प्रान्तहरुमा अर्धआपतकाल कार्यन्वयन गर्ने तयारी गरिएको छ । मंगलबार साँझसम्मको खबरहरु अनुसार भोलि ( १९ जनवरी) टोकियो सहित १३ वटा प्रान्तहरुमा अर्धआपतकाल कायम गर्ने निर्णय हुनेछ ।

उच्च संक्रमण रहेकाले ठूला पार्टी सभा समारोहरु आयोजना नगर्न तथा कोरोना संक्रमणबाट जोगिनका लागि आवश्यक सम्पूर्ण सुरक्षात्मक उपायहरु अबलम्बन गर्न जापान सरकार तथा जापान स्थित नेपाली दुतावासले यस अघिनै अनुरोध गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here