२४ घण्टामा १ हजार ४१६ जना डिस्चार्ज हुँदा चार जनाको मृत्यु

52

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हाे ।

आइतबार मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा बोल्दै अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना डिस्चार्ज हुँदा चार जनाको मृत्यु भएको जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here