काठमाडौंमा घरभित्र निस्सासिएर दम्पत्तिको मृत्यु

81

काठमाडौं । घरभित्र आगो बालेर सुतेकाे अवस्थामा काठमाडौंमा एक दम्पत्तिको निस्सासिएर मृत्यु भएको छ।

काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएइर मृत्यु भएको अनुमान गरिएको छ।

घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here