आज सुन प्रतितोला १ सय रुपैयाँले बढ्याे

69

काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ भने चँदीको भाउ स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल सुन ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा  कारोबार भइरहेको छ।

यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।  यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी १२ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार पनि चाँदी प्रतितोला १२ रुपैयाँ ४० रुपैयाँमै कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here