शेयर बजारमा नेप्से १९ अङ्कले बढ्याे

71

काठमाडाैं । आज मङ्गलवार १९ अङ्कभन्दा धेरैले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज सबैजसो समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय नौ अङ्कले, विकास बैंक समूहको १, माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले बढेको छ ।  आज दुई सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर किनबेच भयो ।  आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि निरुदे लघुवित्त विकास बैंकको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here