फोहोरबाट निस्किँदै मोहोर, वैशाखबाटै घरघरमा ग्याँस

125

तुलसीपुर  । नेपालमै पहिलोपटक जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गर्रागाउँमा दुई बिगाह १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन सुरु गरिएको छ । नेपाल उर्जा विकास कम्पनी प्रालिले बायो ग्याँस उत्पादन गर्न थालेको हो ।

उत्पादन केन्द्रका शाखा प्रबन्धक हरिशरण श्रेष्ठले १९ करोड ८५लाखको लागतमा संरचना निर्माण गरिएको बताउनुभयो । प्रमुख श्रेष्ठले पाइपलाइन बिस्तारमा थप साढे दुई करोड खर्च लाग्ने बताउनुभयो ।उत्पादन गरिएको ग्यासँ घरघरसम्म पु¥याउँदा २२ करोड ५० लाख लागत लाग्ने बताइएको ।

बायो ग्याँसबाट उत्पादन गरिएको ग्याँस पाइपमार्फत घोराही उपमहानगरपालिकाको वडा नम्बर १० नारायणपुर र १६ नम्बर वडा सर्रा क्षेत्रमा वितरण गरिनेछ । उत्पादित ग्याँस प्रारम्भिक चरणमा सात सय ५० घरधुरीमा पाइपलाइनमार्फत् घरघरमा पु¥याइनेछ । संरचनाको क्षमताभने १५ सय घरघुरीमा बायो ग्याँस पठाउने रहेको छ । केन्द्रका प्रबन्धक हरिशरण श्रेष्ठका अनुसार पाइपलाइन बिस्तारको काम सकिएलगत्तै परीक्षणकारुपमा एक सय ५० घरधुरीमा आगामी वैशाख महिनाभित्रै पाइपलाइनमाफ्त ग्याँस जडान गरिनेछ ।

–बायो ग्याँस संरचनाहरू

घोराही उपमहानगरपालिकाले बायो ग्याँस संरचना निर्माणका लागि अनुदानमा संघीय सरकारबाट ४० प्रतिशत रकमप्राप्त गरेको थियो भने नेपाल उर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा गरेको छ । संरचना निर्माणका लागि घोराही उपमहानगरपालिकाले टेण्डर आह्वान गरेको थियो । नगरप्रमुख नरुलाल चौधरीले जैविक फोहोरलाई उर्जाकारुपमा विकास गर्नका लागि पालिकाकोतर्फबाट संघीय सरकार समक्ष रकममाग भएको र मागपश्चात् काम सुरु भएको जानकारी दिनुभयो ।

नगरप्रम्ख चौधरीले वडाको समन्वयनमा पाइपलाइन बिस्तारसँगै घरघरमा जडान गरिने बताउनुभयो । उहाँले फोहोर व्यस्थापनमा समस्या थपिरहेका बेला फोहोरलाई उत्पादनसँग जोड्दा दुवैतर्फ फाइदा पुग्ने बताउनुभयो । उहाँले संरचना निर्माणका लागि जग्गासमेत पालिकाबाटै उपलब्ध गराइएको बताउनुभयो ।

निर्माण गरिएको संरचनाबाट २० वर्षसम्म नेपाल उर्जा विकास कम्पनी प्रालिमाफ्त सञ्चालन हुनेछ भने त्यसपछि उक्त संरचना उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । २० वर्षसम्म आम्दानीको पाँच प्रतिशत रकम पालिकालाई उपलब्ध गराइने सम्झौता गरिएको छ ।

उक्त प्रशोधन केन्द्रका लागि २५ टन जैविक फोहोर आवश्यक पर्ने भएतापनि अहिले घोराही उपमहानगरपालिकाभित्रबाट दैनिक सात सय केजी जैविक फोहोर सङ्कलन हुने गरेको छ। मासिकरुपमा एलपि ग्याँसभन्दा बायो ग्याँस उपयोग गरेबापत् करिब तीस सय शुल्ककम हुनेछ । उपभोक्ताहरुको घरमा मिटर जडान गरिने छ त्यहीबमोजिम नै उपभोक्ताहरुले आफूले जति उपभोग गरेको त्यति नै रकम तिर्नुपर्ने समाचार गोकर्ण पौडेले गाेरखापत्रमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here