एमसीसीमा आपत्तिजनक केही पनि नभएको नेता बाबुराम खुलासा

141

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यसमा (एमसीसी) पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।

अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here