विश्वकप लिग टुका लागि खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

152

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार घोषणा गरेको १६ सदस्यीय टिममा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, पवन सर्राफ, रोहित पौडेल, बिक्रम सोब र भीम सार्की पनि समेटिएका छन्। उनीहरुले ओमानमा आयोजित विश्वकप क्वालिफायर खेलेका थिएनन्। टिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख,आसिफ सेख, कमल सिंह ऐरी, विवेक यादव र सागर ढकाल पनि छन्।

युएई जानुअघि नेपाली टोलीले मार्च ५ मा श्रीलंका जानेछ र त्यहाँको फर्स्ट क्लास टिमसँग चार वटा अभ्यास खेल खेल्नेछ । मार्चमा १४ मा नेपाली टोली युएई जानेछ।

facebook sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here