उपत्यका सहित तीन जिल्ला ‘रेड जोन’मुक्त

98

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण निरन्तर घट्दो क्रममा छ ।  शनिबारको टेस्ट पोजिटिभिटी दर १.४४ प्रतिशतमा झरेको छ । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ५० छ ।

सबैभन्दा धेरै संक्रमित भएको काठमाडौं उपत्यकाका तीनवटै जिल्ला ‘रेड जोन’मुक्त भएका छन् । मनाङ, मुस्ताङ र जुम्ला कोरोनाका सक्रिय संक्रमणमुक्त भएका छन् ।  संक्रमण न्यून हुँदै गएपछि सरकारले कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिलाई पीसीआर परीक्षण अनिवार्य नगराउन सबै अस्पताललाई अनुरोध गरेको छ ।

यसअघि, अस्पतालले भर्ना हुने र कुरुवा बस्ने व्यक्तिले समेत अनिवार्य पीसीआर परीक्षण गराउँदै आएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब त्यसो नगर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here