रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने नेटो प्रमुखकाे चेतावनी

67

एजेन्सी ।  सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने बताएका हुन् ।
उनले जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा रासायनिक हतियारको जोखिमबारे बोलेका हुन् ।

रुसले पछिल्ला दिनहरुमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने नेटो प्रमुखले बताएका हुन् ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । सो आक्रमणमा करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

रुसले युक्रेनका प्रमुख शहरहरुलाई निशाना बनाइरहेको छ । आइतबार बिहान लभिभ क्षेत्रमा बिस्फोट भएको खबर छ । इस्त इभानो–फ्रान्किभ्स्कमा पनि बिस्फोट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here