ब्रोकरहरूको सर्भरमा प्राविधिक समस्या आएपछि शेयर कारोबार प्रभावित

67

काठमाडौं । एक दर्जनभन्दा बढी ब्रोकरको डेटा सेन्टरमा समस्या आएपछि सोमबार शेयर कारोबार प्रभावित भएको छ ।

ब्रोकरहरूको सर्भरमा प्राविधिक समस्या आएपछि आज कारोबार सुरु भएदेखि नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ले काम गरेको छैन । यसले गर्दा लगानीकर्ताले समेत शेयर कारोबार गर्न पाएका छैनन् ।

साथै बजारका अन्य विवरण पनि हेर्न नमिल्ने भएको छ । एकपछि अर्को गर्दै विभिन्न समयमा ब्रोकरहरूको सर्भरमा समस्या आएको थियो । नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) का अनुसार कुल ५० वटा ब्रोकरमध्ये हालसम्म १६ वटा ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएको छ ।

ब्रोकरले आफ्नो प्राविधिक समस्या सामाधान गर्ने बित्तिकै यो समस्या पनि सामाधान हुने नेप्सेको भनाइ छ । डेटा सेन्टरको स्टोरेजमा समस्या आएपछि साइटहरू क्रयाश भएको ब्रोकर अशोसियसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here