चितुवाको छाला सहित पक्राउ 

106

ललितपुर । चितुवाको जस्तो देखिने ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला सहित काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ वतन भएका २७ वर्षीय नर बहादुर गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा.२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरलाई प्रहरीले जाँच गर्नेक्रममा बोराभित्र प्लाष्टिकले बेरी राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here