पाँच नक्कली परीक्षार्थी पक्राउ

53

काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जना सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन्। उनहिरुलाई शुक्रबार भक्तपुर र काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट अरुका नाममा परीक्षा दिन आएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here