नेपाल टी २० आई वरीयतामा १२औं स्थानमा यथावत्

118

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी२० आई वरीयतामा नेपाल यथावत् रहेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी२० आईमा १२औं स्थानमा यथावत् रहेको हो।

नेपाल पछिल्लो १० टी२० आई खेलमा मात्र १ खेलमा पराजित भएको छ। नेपाल दुई महिनाअघि ओमानमा भएको टी२० विश्वकप छनोटमा एक खेल हारेको थियोे। लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी२० आई सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो। नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो। टी२० आई वरीयतामा भारत पहिलो स्थानमा छ। दोस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here