सवारी दुर्घटनामा ६ जनाको मृत्यु

97

 

काठमाडौं । दैलेख, चामुण्डा बिन्दाशैनी नगरपालिका-६ लैनचौवरस्थित सडकमा क.प्र.००१ त
००१९६ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक भैरबी
गाउँपालिका-३ बस्ने २२ वर्षीय पबन विकको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार
ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा, मिथिला नगरपालिका-२ राघोपुरस्थित सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै
गरेको प्र.२-०२-००२ प ३०५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो
दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिवास नगरपालिका बस्ने ४० वर्षीय संजिप
श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा
उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको
ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ ठारा टोल बस्ने ४५ वर्षीय हरि गौतमको शनिबार
राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको च.पुर प्रालि अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
कास्की, अन्नपूर्ण गाउँपालिका-१ लेवाडेस्थित सडकमा ग.१८ प ८१९१ नम्बरको
मोटरसाइकल र ग.२ च ३५२५ नम्बरको कार एकआपसमा ठक्कर खाई आइतबार बिहान
दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत कुश्मा नगरपालिका-४ बस्ने १८ वर्षीया सुविना
पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्वत
कुश्मा नगरपालिका-४ बस्ने ४५ वर्षीय जित बहादुर पुनको सोही अस्पतालमा उपचार
भइरहेको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
डोटी, शिखर नगरपालिका-१ कालागाडस्थित सडकमा से.१ त ९२६४ नम्बरको
ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा
ट्याक्टरले च्यापिएर ट्याक्टर चालक धनगढी उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय प्रेम
कुमार कठरियाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा
सवार शिखर नगरपालिका-२ कठाली बस्ने २२ वर्षीया कलावती बोगटीको सुजङ अस्पताल
राजपुरमा उपचार भइरहेको छ ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-१० मेचकुरी डाँडास्थित सडकमा लु.३१ प ३३७
नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल
चालक सोही ठाउँ बस्ने २८ वर्षीय अनिल थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएका उनको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here