काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ। हेटौंडाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि कारबाही सुरु गरिएकोे जनाइएको छ।
हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी तथा सार्वजनिक पद धारण गर्ने सांसद र मत्रीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको र सामाजिक सञ्जालमा भोट माग्ने प्रचार गरेको देखिएको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको उनले जनाए ।
बैठकमा सहभागी सबै दलका प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता जनाएका थिए। शिक्षक तथा कर्मचारी र सार्वजनिक पद धारण गर्ने व्यक्तिले आचारसंहिताको बेवास्ता गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेकाले प्रमाणका आधारमा कारबाही गरिने उनले जनाए।


















