‘हाम्रो पात्रो’ एपले ‘भिडिओ कन्फरेन्सिङ’ प्रणाली जारी

162

काठमाडौं । ‘हाम्रो पात्रो’ एपले ‘भिडिओ कन्फरेन्सिङ’ प्रणाली जारी गर्ने भएको छ। उक्त फिचर सार्वजनिक गर्नेबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक शङ्कर उप्रेतीले फेसबुक मार्फत जानकारी गराएका हुन्।

यो नयाँ भिडिओ कन्फरेन्सिङ  फिचरमार्फत एक पटकमा २५ जना सहभागीहरूले एक घण्टाको लागि निःशुल्क अनलाइन मिटिङ अथवा कुरकानीको लागि बस्न सक्ने बताइएको छ।

यसको प्रिमियम संस्करणमा भने एक सय जना सहभागीहरू एकैपटक भिडिओमा कुराकानी गर्न सक्छन्। प्रिमियम संस्करणको लागि मासिक एक सय रूपैयाँ तिर्नुपर्ने हुन्छ भने यसमा कुनै समयसीमा तोकिएको छैन।

हाम्रो पात्रो एपले विभिन्न समय प्रयोगकर्ताहरूको माग र आवश्यकता अनुसार नयाँ विशेषताहरू सार्वजनिक गर्दैछ। यो एपमार्फत पात्रोसँगै राशी, नक्षेत्र, जोतिष, समाचार, साहित्य, जन्मकुण्डली, पुराना मितिहरू लगायत हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here