महिला हिंसा साधन भएकाे भन्दै सुन्दरी प्रतियाेगिता खारेज गर्न जाेडदार माग

177

काठमाडौं । संयुक्त महिला संघ संघर्ष समितिले महिला हिंसा र शाेषणकाे साधन भएकाे भन्दै यहि असार ४ हुन लागेकाे सुन्दरी प्रतियाेगिता खारेज गर्न जाेडदार माग गरेकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी, नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी) लगायत ७ महिला संगठनहरूको संयुक्त संघर्ष समितिले बिहीबार संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यस्ताे माग गरेका हुन् । ति संगठनद्वारा जारी भनिएकाे छ- “यहि असार ४ गते हुन गइरहेको सुन्दरी प्रतियोगिताको संयुक्त महिला संघ संघर्ष समिति घोर भत्सर्ना र खारेजीको माग गर्दछ ।

महिला हिंसालाई बढवा दिने, यस्ता प्रतियोगिताहरुमा राज्यका विभिन्न अंगहरु र ब्यापारिक घराना /प्रतिष्ठानहरुले ठूलो धनराशि खर्चिरहेका छन् । महिलाहरूका अङ्ग , प्रत्यङ्ग प्रदर्शन गरि पुजीवादद्वारा थोपरिएका उत्पीडनलाई प्रसय गर्ने कार्यमा लगानी नगर्न यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।

यस्ता कार्यमा लगानी गर्नुको सट्टा महिला बेचबिखन, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण र पीडितलाई उचित न्यायको निम्ति लगानी गर्न अपिल गर्दछौं ।

साथै महिला अस्मितालाई मजाक बनाउने यस्ता प्रतियोगितामा सहभागी नहुन समेत सम्पूर्ण महिलाहरुलाई विशेष अनुरोध गर्दछौँ । सम्पूर्ण मुक्तिकामी जनसमुदायहरु उक्त कथित सुन्दरी प्रतियोगिता खारेजी गरी नेपाली महिला मुक्तिको यात्रामा साथ दिनको लागि अपिल गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here