भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता हुने

76

भक्तपुर  ।  नेपाल इको प्यानललगायतको सहयोगमा भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता भएको छ। प्रतियोगिताका विजयी साइकलिष्टहरूलाई एक कार्यत्रमबीच शनिबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

इतिहास एवं संस्कृतिविद् प्रा। डा। पुरुषोतमलोचन श्रेष्ठले उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन्। सो अवसरमा कार्यक्रमका लागि सहयोग गरेबापत नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालसहितलाई मायाको चिनोसहित प्रमाणपत्र वितरण गरिएको थियो।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here