जुवातास खेलिरहेको अवस्थामा पक्राउ

78

लमजुङ । वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले नगद ६३ हजार ७२५ रुपैयाँ र १६० पत्ती तास सहित पक्राउ गरेको हो । 4 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here