बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न माग

108

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको गठन हुनुपर्ने बताउनु भएको छ ।

उपसभापति खड्काले भन्नुभएको छ, ‘‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोड्ने संसद र आम जनमानसको गम्भीर चासोको विषय बनी सकेपछि यो विषयलाई बिश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसद्को यस्तो परम्परा छ बरु ढिलो नगरौँ आजै टुङ्गो लगाऔं ।’’

अर्थमन्त्री जर्नादन शर्माले बजेट निर्माण गर्दा करको दर हेरफेर गर्ने क्रममा बाहिरका केही व्यक्ति अर्थ मन्त्रालयमा बोलाएको भन्ने आरोप लाग्दै आएको छ । साथै अर्थ मन्त्रालयमा रहेको सिसी टिभीको फुटेज पनि १३ दिनमै नस्ट भएको प्रतिक्रिया अर्थ मन्त्रालयबाट आएपछि यस विषयमा संसद् र बाहिर पनि बहस भइरहेको छ । यसै सन्दर्भमा काँग्रेस उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत संसदीय छानबिन समिति गठनको माग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here