राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना

52

काठमाडाैं । जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे।

साथै अदालतले याैन दुर्व्यवहार भएकाे हाेटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना ताेकेकाे छ।

चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरले याैन दुर्व्यवहार गरेका हुन्। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

बिहीबार  न्यायाधीश आचार्यले यस्ताे फैसला गरेका हुन्।

यसैगरी, होटल सञ्चालक मनबहादुर पुनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्नेछ।

जिल्लाकाे गुर्भाकाेट नगरपालिका-९ बाेटेचाैरकाे शुभकामना हाेटलमा २०७८ जेठ २१ गते राति राउटे युवतीमाथि याैन हिंसा भएकाे थियाे।

राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरीले जेठ २३ गते उनीहरूलाई प्रक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here