एमाले निर्वाचनमा एक्लै जान तयार छः ईश्वर पोखरेल

91

काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले एक्लै जान तयार रहेको जनाएका छन्।

प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले एमालले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एक्लै जान तयार रहेको जनाए। राष्ट्रिय स्तरमा चुनावी तालमेल हुने सम्भावना नरहे पनि स्थानीय आवश्यकता अनुसार तालमेल हुने जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको र आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिने जनाए । प्रदेश १ को नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here