भक्तपुरमा २३ औ स्व.अरुण थापा दिवस मनाईयो

105

भक्तपुर । नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं पुन्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति दिवस’ सम्पन्न भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौं पटक आयोजना गरेको हो ।

कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारहरुले स्व. थापाका गीत प्रस्तुत गरेका हुन । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, अधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व.थापाका गीतहरु प्रस्तुत गरिएको आयोजक संस्थाका अध्यक्ष प्रवीण शाहीले बताए।

त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज के.सी., श्रीजल मधिकर्मी, अनिश शाक्य, बिजय बज्राचार्य र यजु आचार्यले वाद्यवादनमा साथ दिएका थिए । कार्यक्रम देसप्रेम भावनाले ओतप्रोत करोड मुटुहरूको एउटै ढुक ढुकी नेपाल” बाट शुरु भएको थियो भने
“लाग्न थाल्यो जीवनमा”, “आँखाको निद चोरी लाने”, “भुलेका कथा तिता मिठा”, “दोष कसैलाई दिन चाहन्न”, “चोट के हो व्यथा के हो”, “जतिमाया लाए पनि”, “पग्लेर जाने हिउँ म हैन” “म रोए पनि तिमी हाँसिदिनु” जस्ता थापाका चर्चित तथा कमै सुनिएका गीतहरु प्रस्तुत गरिएको थियो। आजको कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल तथा गुडविल कन्सन्टको सहयोग रहेको थियो भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफ. एम. १०५.४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना सङ्गीत समूह रहेको थियो।
कार्यक्रममा स्व. अरुण थापा संगसंगै भर्खरै दिवंगत हुनु भएका भक्तपुरका जनगायक तथा भक्तपुर सांगीतिक समाजका सल्लाहकार समिति सदस्य रोशन कुमार राजभण्डारीको सम्झनामा एक मिनेट मौन धारण गरि वहाँहरु प्रती सम्मान व्यक्त गरिएको थियो
वरिष्ठ संगीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा जंगमज्युले नेपालमा मरे पछि सम्मान दिने र खोजी खोजी कलाकारका कृती प्रती चासो बढाउने गलत परम्परा रहेको र अरुण थापा त्यस्को सहि उदाहरण भएको बताउनु हुँदै नेपालमा जनता र सरकार बाट अझ पनि कलाकारको सहि पहिचान गर्न नसकेको बताउनु भयो तथापि भक्तपुर को सांगीतिक संस्थालाई सम्झेर कार्यक्रम गर्नु निकै प्रशंसनीय कार्य भएको बताउनु हुदै यो कार्यको मूल्यांकन भबिष्यले गर्ने बताउनु भयो। कवि तथा गीतकार दिनेश अधिकारीलाई यश बर्षको ‘अरुण थापा स्मृति सम्मान २०७९’ ले सम्मान गरिएको समाजका अध्यक्ष शाहीले जानकारी दिए। प्रामाणिक ईतिहास अनुसार मल्ल राजा जगतज्योती मल्लको पाला देखिको गीत संगीत र साहित्यको ईतिहास बोकेको भक्तपुरको माटोमा नगेन्द्र हाडा, बुद्धि कृष्ण लामिछाने, सुन्दर श्रेष्ठ, रोशन कुमार राजभण्डारी, दीपक जंगम मात्र होईन अझ थप नयाँ प्रतिभा जन्माउदै आएको छ र राम्रा प्रतिभालाई अघि ल्याउने काममा भक्तपुर सांगीतिक समाज एउटा अभियानको रुपमा अघि बढ्दै छ मन्तव्यका क्रममा अध्यक्ष शाहीले बताए ।
कार्यक्रममा भर्खरै सम्पन्न “सा रे ग म प लिटिल च्याम्पमा राम्रो प्रतिभा देखाएका भक्तपुरका बाल प्रतिभा अबिज्ञा घिमिरेलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मीज्युले भक्तपुर सांगीतिक समाजको स्थापना र हाल सम्म भएका गतिविधि बारे प्रकाश पार्नुका साथै सम्मानित हुनु भएका श्रष्टा अधिकारीको गीत र कविताका विविध पक्ष बारे चर्चा गर्नु भएको थियो। कार्यक्रममा साहित्यकारहरु धनमान श्रेष्ठ, गोबिन्द भोमी, सुरेन्द्रलाल भुजु, वसन्त नकर्मी, हरिहर लामिछाने, मुरारी सिग्देल, प्रमोद ढुंगाना, बिनय लामा , ऋ तु कंडेल, बिनोद गुरुङ, जुजुकाजी रंजीत, शंकर थापा, लोक बहादुर शाक्य , दिपक रमण, त्रिबिक्रम पाण्डे, बिपिन चन्द्र बनेपाली, मनोज बुढाथोकी , भूषण खरेल लगायतका कवि, साहित्यकार, गायक संगीतकर्मीहरुको बाक्लो उपस्थिति थियो।
कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको तर यस वर्ष बृहत रुपमै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुसार भक्तपुर शहरको प्रवेश मार्ग सल्लाघारीमा अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल सल्लाघारीको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रमको शुत्रधार वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल ज्युले गर्नु भएको थियोे भने कार्यक्रम अवधीभर अरुण थापाका जीवनका विविध पाटाहरु र गीत संगीत संग सम्बन्धित घटनाहरु बारे मीठो चर्चा समेत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here