आफ्नाे पार्टीलाई हराउन गठबन्धन : केपी ओली

65

काठमाडाैं । पुर्व प्रधानमन्त्री एवम्  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  आफ्नाे  पार्टीलाई हराउन नसक्ने भएकाले  ८ वा १० दलीय गठबन्धन गर्न लागिएको आरोप लगाएका छन् । आज गृहजिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त आरोप लगाएका हुन् ।

एमाले हराउन गठबन्धन ठूलो पार्दै लगिए पनि केही फरक नपर्ने उहाँको धारणा छ । ‘जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ गतेको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ,’ उहाँले दाबी गर्नुभयो ।

गठबन्धन गर्ने राजनीतिक दलहरुलाई उहाँले कमजोरको संज्ञा दिनुभएको छ । ‘बलिया भएको भए किन जोडिन पथ्र्यो र, कमजोरहरू मात्रै गठबन्धन गर्छन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरू साँठगाँठ गर्दछन् । अपवित्र साँठगाँठको नाम नै गठबन्धन हो,’ उहाँको धारणा राखे ।

एमालेले सत्तामा बसेका पार्टीहरुको गठबन्धनमा कति वटा पार्टी सामेल भए त्यसबारे कुनै मतलब वा चासो नराख्ने अध्यक्ष ओलीले खुलासा गर्नु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here