टोटनह्यामका लागि केनको २ सय ५० गोल

50

एजेन्सी । ह्यारी केनले टोटनह्यामका लागि व्यक्तिगत दुई सय ५० गोल संख्या पुर्‍याएका छन् । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले उल्भह्याम्टनविरुद्ध १–० को कठिन जित निकाल्दा केनले एक मात्र निर्णायक गोल गरेका थिए । यस जितसँगै टोटनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । टोटनह्यामले तीन खेलबाट सात अंक जोडेको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता म्यानचेस्टर सिटीले दुई खेलबाट ६ अंक हात पारेको छ ।

आर्सनलले पनि दुई खेलबाट ६ अंक नै जोडेको छ । गोलअन्तरमा आर्सनल तेस्रो स्थानमा छ । घरेलु मैदानमा टोटनह्यामलाई जिताउन केनले ६४औँ मिनेटमा निर्णायक गोल गरे । उनले इभान पेरिसिकको कर्नरमा हेडिङ गोल गरेका हुन् । २९ वर्षीय केन प्रिमियर लिगमा एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

केनले इंग्लिस प्रिमियर लिगमा टोटनह्यामका लागि एक ८५औँ गोल गरेका हुन् । टोटनह्यामबाट समग्रमा उनले व्यक्तिगत दुई सय ५० गोल गरेका हुन् । केनले म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर सर्जियो अगुएरोलाई पछि पारे । अगुएरोले सिटीका लागि १८४ गोल गरेका थिए । केन प्रिमियर लिगमा सर्वाधिक गोल गर्नेमा चौथो खेलाडी हुन् । एलान सियररले सर्वाधिक दुई सय ६० गोल गरेका छन् । वायन रुनीले दुई सय आठ र कोलले १८७ गोल गरेका छन् ।

यसैगरी, शनिबार राति भएको खेलमा क्रिस्टिल प्यालेसले अस्टोन भिल्लालाई ३–१ ले हराएको छ । एभर्टनले फोरेस्टलाई १–१ को बराबरीमा रोकेको छ । फुलह्यामले ब्रेन्टफोर्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । फुलह्याम पाँच अंकका साथ चौथो स्थानमा छ । चार अंक बटुलेको ब्रेन्टफोर्ड पाँचौँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here