लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करण सम्पन्न

54

काठमाण्डौ । “ट्रेबल फेसन कन्सर्नको आयोजनामा लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्य, ट्रेबल फेसन कन्सर्न प्रा.लि.का सिईओ तथा कोरियोग्राफर शैलेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, सेन्सर बोर्डका सदस्य तथा निर्माता राजेश महर्जन, अभिनेत्री तथा मोडेल शुष्मा अधिकारी, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, नगरपालिका वडा न ५ का नारायण सुबेदी, समाजसेवी सरोज कुमार श्रेष्ठ तथा थुप्रै वरिष्ठ कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरुको बाक्लो उपास्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा पुर्व बिजेता प्रियंका बस्नेत, साफ्रोन श्रेष्ठ,पुर्णिमा तमाङ, मेरिना लिम्बु, अनुपम चौलागाइको पनि उपस्थिती रहेको थियो ।

सञ्चारकर्मी तथा गायक संगीतकार सुमन कुमार श्रेष्ठ तथा सञ्चारकर्मी राजु श्रेष्ठको संयोजकत्वमा पिस ब्याङक्वेट जोरपाटीमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ कलाकार रविन्द्र खड्कालाई दिर्घ सम्मान, पत्रकार कृष्ण भुषाललाई पत्रकारिता सम्मान, गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे, समाजसेवी सरोज कुमार श्रेष्ठ, समाजसेवी तथा व्यवसायी बिक्रम खड्का, समाजसेवी तथा व्यवसायी कृष्ण अधिकारी, मङोलियन हार्ट ब्याण्डका म्यानेजर बबी लामा लगायतलाई आफ्नो क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान बापत सम्मान गरिएको थियो ।

त्यस्तै सहयोगी संस्था, स्वयमसेवक तथा सञ्चारकर्मी लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको ग्राण्ड फिनालेमा सिनियर बिजेतामा साम्राज्ञी आर एल राना, साम्राज्ञी विष्ट जुनियरको बिजेता, पाल्जोर गुरुङ बिजेता, फर्स्ट रनर अप प्रिन्सेस घिसिङ र विसान्क कार्की, स्केण्ड रनर अप सुवाङ्गी बस्नेत र उत्सव रसाईली थिए भने सबटाइटल बिजेता अन्तर्गत विनर भियुअर च्वाइस साम्राज्ञी विष्ट, विनर फेसबुक र मोस्ट पपुलर अवार्ड छिरिङ्ग वङचुक शेर्पा, बेस्ट क्याटवक एलिना गिरी र विसान्क कार्की, बेस्ट ड्रेस साम्राज्ञी विष्ट र पाल्जोर गुरुङ, बेस्ट फोटो जेनिक नेमेसिस बस्नेत र छिरिङ्ग वङचुक शेर्पा, बेस्ट ट्यालेन्ट सुवान्ङगी बस्नेत र उत्सव रसाइली, बेस्ट डिसिपिलेन नेमेसिस बस्नेत र अनुस्कृत खड्का थिए ।

कार्यक्रमको प्रमुख निर्णायकमा नायिका तथा मोडल शुष्मा अधिकारी, मोडल मनिष शाक्य, ग्लोबल नेपालका अध्यक्ष डेबिल सिंह राजपुत, फोटोग्राफर सन्देश प्रजापति, सौन्दर्यकर्मी शान्ती लिम्बु, ड्रेस डिजाईनर बिमला लामा रहेका थिए ।

कार्यक्रममा गायक सिद्धान्त सिंह खड्का, गायक कुर्बान अली खान, गायक दोर्जे लामा, डान्सर रोसिका राउत, डान्सर अशिका थामी, डान्सर गरिमा गिरी, से हो डान्स स्टुडियोबाट बेनिक्स मगर, सरोज साम्पाङ राई, आभाष बिष्ट, सुदिप चौधरी, बाल गायिका सिल्भिया प्रजापती, डान्सर सञ्जु न्यौपाने विशेष प्रस्तुति रहेको थियो ।

बिगत दुई दशकदेखि विभिन्न ब्युटी पेजेन्ट, फेशन शो लगायतका कार्यक्रम गरिरहेको ट्रेबल फेशन कन्सर्नले यस कार्यक्रममा बाल प्रतिभाको प्रतिभासंगै बौद्धिक बिकास, व्यक्तित्व बिकास लगायतका विभिन्न कुरामा ट्रेनिङ सञ्चालन गरिरहेको र भविष्यमा अझै फरक फरक ढंगले कार्यक्रमको स्तोरत्तर बढाउँदै लाने कुरा आयोजक संस्थाका संस्थापक सिईओ शैलेन्द्र कुमार श्रेष्ठले जानकारी गराए ।

साथै यसै कार्यक्रममा आफ्नो अतुलनीय सहयोग प्रदान गर्नु हुने काष्ठमण्डप टेलिभिजन परिवार, सिद्धर्थ बुटिक होटेल परिवार, सम्पूर्ण व्यक्तित्व, अभिभावक, मिडिया लगायतलाई हृदयदेखि नै धन्यवाद दिन चाहेको र आगमी दिनमा पनि यस्तै सहयोगको आपेक्षा गरेको कुरा पनि आयोजक श्रेष्ठले बताए ।

कार्यक्रमको सञ्चालन अनिल सुनाम र रोजिन शाक्यले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here