विप्लव नेकपाकाे नेतृत्वमा भइरहेकाे बन्दका कारण जनजीवन प्रभावित

51

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । ४ कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिवीका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका बिरुद्ध आज नेपाल बन्दको आह्वान गरेका हुन् । नेपाल बन्दका क्रममा काठमाडौंवाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको बुझिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीका विभिन्न बृतहरुमा राखिएको छ ।
नेपाल बन्दका कारण राजधानीबाट बाहिर जाने सवारी साधनहरु ज्यादै न्युन मात्रामा गएका छन् भने राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् ।

यता, काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी परेको छ ।
बन्द गराउन सडकमा निस्किएका नेकपाका कार्यकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको थियो ।

यता, बागलुङमा नेकपाका १२ भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला सेक्रेटरी आकाश सचिवालय सदस्य क्रान्ति, मगर मुक्ती मोर्चाका केन्द्रिय सदस्य नन्दरामसहितका टोलीलाई पक्राउ गरेको हो ।

यता , कैलालीमा गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली गईरहेको छ । बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसकेको पनि प्रहरीले जनाएको छ । सोमबार राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ ।
यसैगरी, कञ्चनपुरको महेन्द्रनगरबाट शान्तिपूर्ण ढंगले बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारी कै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडि लाइ प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
यता, ओखल ढुङ्गाका वन्दकर्ताहरूले वा२ ख ६५९५ र ना५ ख ४२९८ नं. गाडी नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी, प्रहरीले अर्घाखाँचीमा दुईजना बिद्यार्थीलाई पक्राउ गरेको छ भने चितवनमा दुईजनालाई पक्राउ गरेको बताइएको छ ।
यता , दाङमा प्रहरीले बन्दकर्तामाथी बल प्रयोग गर्दै ८ नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ। प्रहरी प्रशासनले घोराहीबाट अखिल (क्रान्तिकारी)दाङ जिल्लाका संयोजक खुमन पौडेल, जिल्ला सदस्य टार्जन वली र हिमाल के सी लगायत ४ जनालाई पक्राउ गरेको छ। समाचार संकलनका लागि गएका पत्रकार पक्राउ समाचार संकलनका लागि गएका पत्रकार हेमन्त प्रकाश वलीलाई प्रहरीले पत्रकार गरेको छ । बन्दको प्रभावबारे समाचार संकलन गर्न गएका वलीलाई प्रहरीले भिडियो खिचेको आरोपमा पक्राउ गरेको हो ।
अहिले उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । उनीसँगै युवा संगठनका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दिपेन्द्र, मजदुरका केन्द्रीय सदस्य संजयलाई समेत प्रहरीले पक्राउ गरेको छ । मापदण्ड विपरीत ढुंगा खसाउदै हिडेका टिप्पर बन्दकर्ताले नियन्त्रणमा लिएका थिए । बन्दकर्ताले ट्राफिक कार्यालय तुलसीपुरलाई मापदण्ड चेकजाँच गर्न अनुरोध समेत गरेका थिए । तर टिप्पर व्यवसायीको ठूलो दबाब पछि प्रहरीले दमन गरेर रोकिएका टिप्परलाई स्कटिङ गरेको थियो । ओलीले त्यसैको रिपोर्टिङ गरेका थिए ।इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेकटर बखत बहादुर शाहले वलीलाई हप्काउँदै भिडियो नखिच्न दवाव दिएको बताइएको छ ।
यसैगरी, गुल्मीमा नेपाल बन्दको प्रभाव पूर्ण रुपमा परेको बताइएको छ । जिल्ला सदरमुकाम तम्घास बजार पूर्ण रुपमा ठप्प रहेका छन् । जिल्लाको सदरमुकाम नयाँबजार, पुतलीबजार, मिलनचोक, क्याम्पसरोड, सहिदचोक, खानीगाउँ, हस्पिटलरोड, बसपार्क, जीपपार्क, उधिनढुंगा, उपल्लो तम्घास, उर्लेनीलगायतका सम्पूर्ण बजार चोकहरु बन्द रहेका छन् । रिडी, गुल्मी दरवार, टक्सार, चोरकाटे, शान्तिपुर, मुसिकोट, सिमलटारी,पुर्कोट दह, मेहलपोखरीलगायतका मुख्य सडकहरुमा यातायात बन्द रहेका छन् । जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, उद्योग, होटल, व्यवसाय बन्द रहेका छन् । बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन । बन्दको क्रममा एम्बुलेन्स, शवबाहन, दुधको गाडी, अग्निनियन्त्रकका साधनलाई निर्बाध चल्न दिने नेकपा गुल्मीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here