अमेरिकामा क्रिश्चियन समुदायले सन् २०७० सम्ममा देशको बहुमत गुमाउने

76

एजेन्सी । अमेरिकामा क्रिश्चियन समुदायले सन् २०७० सम्ममा देशको बहुमत गुमाउने प्रतिष्ठित ‘प्यु रिसर्च सेन्टर’ले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  आगामी ५० वर्षमा अमेरिकाको धार्मिक परिदृश्य कसरी बदलिनेछ भन्ने प्रक्षेपणका क्रममा सेन्टरले केही प्रश्नलाई केन्द्रमा राखेका थियो ।

जुन यस्ता थिए : ‘क्रिश्चियनहरुले अहिलेकै दरमा तिनका धर्म छाडिरहे भने के हुनेछ ? धर्म परिवर्तनको दर बढिरह्यो भने ? धर्म परिवर्तन रोकियो भने पनि बसाईसराई, जन्म तथा मृत्युको दर अहिलेकै दरमा जारी रहँदा के हुन्छ ? ’

सेन्टरले हालको प्रवृत्तिका आधारमा चार सम्भावित परिदृश्य निर्माण गर्यो ।  तिनमा धर्म परिवर्तन नहुने अवस्थामा, निरन्तर परिवर्तन हुने अवस्थामा, धर्म छाड्ने दर सिमित रहेको अवस्था र धर्म छाड्ने दर असिमित रहेको परिदृश्यहरु ख्याल गरिएको थियो ।

धर्म परिवर्तन नहुँदाको परिदृश्यमा क्रिश्चियनहरु सन् २०७० पछि पनि बहुमत रहने देखियो । तर त्यस अवस्थामा पनि क्रिश्चियन धर्म मान्नेहरुको हिस्सा भने १० प्रतिशतले घट्ने देखिएको छ, धर्म छाड्ने दर अहिलेकै स्थितिमा जारी रहँदाको परिदृश्यमा अबको ५० वर्षपछि अर्थात सन् २०७० मा क्रिश्चियनले बहुमत गुमाउने छन् ।

‘सन् २०७० मा आफूलाई क्रिश्चियन बताउने अमेरिकीको संख्या ४६ प्रतिशत रहनेछ । त्यस अवस्था पनि क्रिश्चियन धर्मावलम्बीहरू देशको सबैभन्दा ठूलो धार्मिक सम्प्रदाय रहनेछन् तर समाजमा तिनको बहुमत गुम्नेछ । साथै कुनै धर्म नमान्ने समूहको प्रतिशत ४१ प्रतिशतभन्दा माथि जाने देखिँदैन,’ सेन्टरले तथ्यांकको विश्लेषणमा भनेको छ ।

आफूलाई कुनै धर्मको नमान्नेहरुको दर सिमित रहने तेस्रो परिदृश्यबारे व्याख्या गर्दै प्युले रिपोर्टमा लेखेको छ– ‘३० वर्ष मुनी उमेर समूहमा धर्म छाड्नेको दर सुरुमा तिव्र रहेर पछि स्थिर रह्यो भने अमेरिकामा क्रिश्चियनहरुले सन् २०५० मै बहुमत गुमाउनेछन् । जुन अवस्थामा अमेरिकाको ४७ प्रतिशत जनसंख्या क्रिश्चियन हुनेछ भने ४२ प्रतिशत अधार्मिक हुनेछन् ।’

धर्म छाड्ने दर अहिलेकै गतिमा लामो समय रह्यो भने कस्तो दृश्य देखिन्छ त ? यसबारे रिपोर्टमा भनिएको छ– ‘सन् २०४५ मै अमेरिकामा क्रिश्चियनले बहुमत गुमाउने देखिएको छ । यस परिदृश्यमा सन् २०५५ सम्म कुनै धर्म नमान्ने समूहको हिस्सा ४६ प्रतिशत र क्रिश्चियनको हिस्सा ४३ प्रतिशत हुने अध्ययनले देखाएको छ । ’

‘यस रिपोर्टमा उल्लेखित सबै परिदृश्यहरुलाई धार्मिक छाड्ने कुराले फरक परेको छ । सबैमा अमेरिकी जनसंख्यामा क्रिश्चियनको हिस्सा खुम्चने देखिन्छ भने सबै परिदृश्यमा ‘कुनै धर्ममा आबद्ध नरहनेका’ संख्या बढेको देखिन्छ ।’ प्यु रिसर्च सेन्टरले निष्कर्षमा भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here