काठमाडौं । अबदेखि इन्टरनेट सेवा प्रदायकले अब अन्य सेवा बन्डलिङ गरेर अन्य सेवा बेच्न पाउने छैन् । । नेपाल दूरसञ्चार प्राधिकरणले सुचना जारी गरेर कानुनले नै निषेध गरेको ‘क्रस सब्सिडी’ हुने गरी अन्य सेवा बन्डलिङ गर्न रोक लगाएको छ ।
प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था स्मरण गराएको छ । साथै स्वच्छ व्यापार गर्नु पर्ने कानूनी व्यस्था रहेको र कुनै पनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय क्रम सब्सिडीको रुपमा अर्को सेवामा प्रयोग गर्न समेत निषेध गरेको उल्लेख गरेका छन् ।
‘यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट क्रम सब्सिडी समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था विपरीत बन्डिलिङ जस्ता गैरकानूनी कार्य नगर्न/नगराउन सरोकारवाला तथा सम्बन्धित सवै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ प्राधिकरणले सूचनामा भनेको छ ।


















