नागरिकतासम्बन्धी अधिकार प्रयोग गर्न ल्याईएको बिधेयकलाई अलपत्र पार्ने काम संविधानबिपरित

40

बुटवल, १० असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा सुसासनको अनुभूति प्राप्त गर्नको लागि संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देश नागरिक र जनताको लागि माया लाग्नुपर्ने बताउदै संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यसमेत रहेका खाणले संविधानमा उल्लेख भएको नागरिकतासम्बन्धी अधिकार प्रयोग गर्न ल्याईएको बिधेयकलाई अलपत्र पार्ने काम संविधानबिपरित भएको बताए। उनले संघीय सरकारले बनाएको बिधेयकबारे समितिमा पटक पटक छलफल भएको बताउदै उक्त विषयमा छलफल हुन आवश्यक रहेकोमा जोड दिए।

उनले आफ्नो भूमिमा आफ्नै जनताले नागरिकता नपाउने भन्दै राष्ट्रपतिसमक्ष प्रश्न समेत गरेका थिए। नेपाली नागरिक नेपाली भूमिमा अनागरिकको अनुभुती भएसंगै सुसासनको भुमिकामाथी नै आशंका उत्पन्न भएको बताए। कार्यक्रममा गृहमन्त्री खाणले ऋषि धमलाको बिकल्पको चर्चा गर्दै उनको बिकल्प ऋषि धमला मात्रै भएको बताएका थिए।

सो अवसरमा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले क्लब स्थापनादेखि अहिलेसम्मका चुनौतीहरुको बारेमा बोलेका थिए। उनले लुम्बिनी प्रदेशका जिल्लाबाट केन्द्रिय राजनीतिमा आफ्नो स्थापना गरेको बताउदै क्लवले जनताको पक्षमा काम गरिरहेको बताए।

कार्यक्रममा पत्रकारिताको माध्यममार्फत सहयोग गरेको भन्दै प्राईम टाईम्स टेलिभिजनका जिल्लाब्युरो प्रमुख बिजय रेग्मी, नागरिक दैनिकका पत्रकार रेखा भुसाल लगायतलाई सम्मान समेत गरिएको थियो। स्थापना दिवसको अवशरमा क्लब लुम्बिनी प्रदेश कार्यालयले स्मारिका विमोचन समेत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here