नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै, यस्तो छ इतिहास

47

काठमाडौं । नेपाले बंगलादेशविरुद्ध खेल्ने भएकाे छ । जसकाे कप्तानी किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।
सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए । गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् ।

अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको समर्थन गर्दा किरण टिममा परेका थिएनन् । हुमागाईँ कार्यवाहक बनेपछि किरण टिममा फर्कँदै कप्तानीमा पुनरागमन गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा लामो समयपछि मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु फुटबल प्रतियोगिताहरु खेलेको लामो समय भइसकेको छ । नेपाली टोलीले बंगलादेशसँग घरेलु मैदानमा हराउने लक्ष्य बनाएको छ । यी राष्ट्रबीचकाे इतिहासमा हेर्दा नेपाली टोली बंगलादेशभन्दा कमजोर हो ।

नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ खेल खेलेको छ । जसमा नेपाल धेरै कमजोर छ । बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । दुई टोलीबीचको ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैले नेपाललाई यो पटकको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग डर हुनेछ । यो पटक बंगलादेशको टोली झनै बलियो भएर आएको छ । बंगलादेशले भर्खरै मात्र घरेलु मैदानमा कम्बोडियालाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदान दशरथ रंगशालामा नेपालले बंगलादेशलाई हराउँदै घरेलु दर्शकलाई दसैँको उपहार दिने योजना बनाएको छ ।

नेपाल र बंगलादेश बीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । बंगलादेश विरुद्धको खेलमा ‘हेड टु हेड’ मा नेपाल निकै पछि छ । नेपालले पछिल्लो पटक बंगलादेश विरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो । त्यसअघि नेपालले बंगलादेशसँग घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा हराएको थियो ।

नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले नेपाल जितका लागि मैदान उत्रने बताए ।
दसैँको मुखमा घरेलु दर्शकलाई जितको उपहार दिन तयार भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here