कांग्रेसकाे घाेषणापत्र सार्वजनिक

153

काठमाडाैं । नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।

पुराना घोषणापत्रको समीक्षासहित आवश्यक थप विषयवस्तु अहिलेको घोषणापत्रमा समावेश गरिएको घोषणापत्र लेखन समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here